ad ad

कला


बाढीपहिरोका कारण ‘आँखा’ को प्रदर्शन पनि रोकियो

बाढीपहिरोका कारण ‘आँखा’ को प्रदर्शन पनि रोकियो

नेपालखबर
असोज १४, २०८१ सोमबार १७:३१, काठमाडौँ

शुक्रबारदेखि हलमा लागेको फिल्म ‘आँखा’ को प्रदर्शन रोकिएको छ। 

निर्माताले एक विज्ञप्ति निकाल्दै बाढीपहिरो र प्राकृतिक विपत्तिका कारण प्रदर्शन स्थगित गर्नुपरेको उल्लेख गरेका छन्। 

सोमबारदेखिनै फिल्म हलबाट निकालिएको छ। ‘हालको बाढी पहिरो र प्राकृतिक विपत्तिका कारण जनमानसलाई आवतजावत गर्न समेत कठिन भएको परिपेक्षमा सबैभन्दा पहिला आम मानिसको जनधनको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर हामीले हाललाई फिल्म आँखालाई केही समयका लागि प्रदर्शन स्थगित गरेका छौं,’ विज्ञप्तिमा लेखिएको छ। 
केही समयपछि पुनस् प्रदर्शनमा ल्याउने समेत बताइएको छ। जौन योन्जन निर्देशित ‘आँखा’ स्मिता लामिछाने र अभिनेता आरके मेहता मुख्य भूमिकामा छन्। यस फिल्मले सुकुम्बासी बस्तीमा बस्दै आएको दम्पतीले जीविकोपार्जनको लागि गर्नुपरेको संघर्ष र त्यसबीचमा उत्पन्न परिस्थितिलाई समेटिएको छ।

फिल्ममा विजय बराल, निशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा, अभयराज बराल र बाल कलाकार प्रसन राईको अभिनय छ। निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन नै हुन्।

यसअघि शुक्रबारदेखि रिलिज भएको ‘सानो संसार’ को रिलिज पनि स्थगित गरिएको थियो। निर्माता अर्जुनकुमारले पनि विज्ञप्ति निकाल्दै बाढीपहिरोले प्रदर्शन रोकेको उल्लेख गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .