गायक राजबहादुर गुरुङको पहिलो गीति कोसेली ङोल्स्यो म्हिथेबा बजारमा आएको छ। सुपर युनिक फिल्मस् प्रालिको प्रस्तुति रहेको सो गीतको शुक्रबार पोखरामा लोकार्पण भएको छ।
राजबहादुर गुरुङ र मिलन नेवारको स्वर रहेको गीतमा बेलायत निवासी केबी गुरुङको शब्द र मनोज गुरुङको संगीत रहेको छ भने तेजेन्द्र गुरुङको संगीत रहेको छ।
गुरुङ फिल्म एशोसियशन नेपाल (जिफान)का अध्यक्ष गिरीप्रसाद गुरुङले गीतको लोकार्पण गरेका हुन्।
यसैबीच ङोल्स्यो म्हिथेबा गीतमा कभर नृत्य प्रतियोगिता आयोजना गरिने भएको छ। गीतको प्रचार प्रसार र नवप्रतिभाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले सो गीतमा कभर डान्स प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागि हुन इच्छुक समुहले आगामी कार्तिक ३० गतेभित्र आफनो गीत बुझाई सक्नुपर्ने छ भने भिडियो मोबाइल, क्यामारा आदिले छायांकन गरी ल्याउन सकिने तर गीतमा शीर्षक नलेखि ल्याउनुपर्नेछ। सहभागि हुने समुहले भिडियो मञ्च, कुनै समारोह र अन्य ठाउँमा छायांकन गरि ल्याउन सकिने छ भने प्रवेश निशुल्क रहेको बताइएको छ।
बिजेताको घोषणा युट्युब दर्शकको आधारमा गरिने छ भने सहभागि सबै समुहलाई मायाको चिनो र प्रशंसा पत्र प्रदान गरिने भएको छ। नतिजा घोषणा आगामी माघ १ गते दिउँसो २ बजे पोखरामा हुने र सोही दिन पुरस्कार बितरण गरिने छ।
प्रतियोगिताको बिजेता समुहले नगद ८० हजार र उपबिजेता समुहले नगद ४० हजार पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिहरुको गीत स्ट्रिम नेपालको युटयुब च्यानलबाट प्रसारण हुने आयोजकले जानकारी दिएको छ।
प्रतिक्रिया