ad ad

कला


विवाहको दुई महिनामै बलिउड अभिनेत्री सना खानले गरिन् यस्तो भावुक पोस्ट

विवाहको दुई महिनामै बलिउड अभिनेत्री सना खानले गरिन् यस्तो भावुक पोस्ट

नेपालखबर
माघ १५, २०७७ बिहिबार १३:३७,

विवाह गर्नु अगाडि नै बलिउड अभिनत्री सना खानले फिल्मी क्षेत्र छाडिसकेकी थिइन्।

विवाहपछि श्रीमानसँग आफ्नो कसरी ख्याल गर्छन भन्ने कुरा उनले सामाजित्र सञ्जाल इन्स्टाग्राममा सेयर गर्दै आएकी छन्। उनले इन्स्टामा आफूले पतिसँग बिताएका सुन्दर पलका तस्बिरहरु पनि सेयर गर्दै आएकी थिइन्।

तर, पछिल्ला केही दिनयता इन्स्टाग्राममार्फत उनले आफू पीडामा रहेको संकेत गरेकी छन्। सनाले २० नोभेम्बर २०२० मा गुजरातका मुफ्ती अनास सय्यदसँग विवाह गरेकी थिइन्।

सनाले इन्स्टाग्राममा एक भावुक पोस्ट गर्दै यो समय आफ्नो मन पूरै टुटेको बताएकी थिइन्। उनले आफ्नो पोष्टमा कोही व्यक्तिहरु आफ्नो बारेमा नकारात्मक भिडियोहरू बनाएर तनाव दिने काम गरेको बताएकी छन्।

उनले लेखेकी छन्, ‘केही व्यक्तिहरु लामो समयदेखि मलाई लिएर नकारात्मक भिडिओ बनाउँदै आएका छन्। यो सबै देख्दा देख्दै पनि मैले धेरै धैर्यतापूर्वक काम गरें।’

उनले अगाडि लेखेकी छन् कि कसैले आफ्नो विगतको बारेमा धेरै बकवास कुराहरु राखेर भिडिओ बनाएको भन्दै त्यसले आफूलाई एकदमै कमजोर बनाएको बताएकी छन्। उनले त्यको काम कसले गरिरहेको छ भनेर नाम चाहिँ उल्लेख गरेकी छैनन्।

उनले उक्त कुरा नराम्रो भएको बताउँदै गलत टिप्पणी गरेर कसैलाई पनि डिप्रेसनमा नपुर्‍याउन आग्रह गरेकी छन्।

उनी थप लेख्छिन्, ‘यो धेरै नराम्रो छ। कसैको समर्थन गर्न सक्नुहुन्न भने मौन बस्नुहोस्। तर, यसप्रकारको कडा प्रतिक्रिया दिएर कसैलाई पनि डिप्रेसनमा पठाउने काम नगर्नुहोस्।’

उनले अहिले आफूलाई विगतमा फर्केर आफूले गरेका गल्ती सच्याउन मन भएको उनले बताएकी छन्। ‘केही मानिस जीवनमा अगाडि बढ्छन्, तर केही म जस्तै छन्। जो सोच्छन् कि विगतको त्यो समयमा फिर्ता जान सक्छु र ती चीजहरू परिवर्तन गर्न सक्छु’, उनले अगाडि लेखेकी छन्।

उनले असल मानिस बन्न र आफ्नो साथै आमा मानिलाई पनि परिवर्तन हुन दिन आग्रह गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .