ad ad

कला


पल शाह र रञ्जित सिञ्जालीको गीत ‘ब्याकुली’ सार्वजनिक (भिडिओ)

पल शाह र रञ्जित सिञ्जालीको गीत ‘ब्याकुली’ सार्वजनिक (भिडिओ)

नेपालखबर
जेठ १४, २०७८ शुक्रबार ८:०,

चर्चित अभिनेता पल शाह र मोडल रञ्जित सिञ्जाली मगर अभिनित गीत ‘ब्याकुली’ को भिडिओ सार्वजनिक भएको छ।

एमएमएस इन्टरटेन्मेन्टबाट आइतबार गीतको भिडियो सार्वजनिक गरिएको हो।

गीतको भिडियोमा पल शाह र उषा उप्रेती अनि रञ्जित सिंजाली मगर र सुप्रिया खनाललाई जोडीको रूपमा प्रस्तुत गरिएको छ।

रोमान्टिक शैलीको गीतका चर्चित गायिका मेलिना राई, एलिना चौहान, अजय कार्की र अबिनाश थापामगरको स्वर दिएका छन् । गीतमा सिर्जना खत्री र शिवको र्याप समेत सुन्न सकिन्छ ।

गायक समेत रहेका अजय कार्कीले गीतको शब्द लेखन, संगीत र संगीत संयोजन आफै गरेका छन् । ए–वन म्यूजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्ड गरेको ‘ब्याकुली’को ध्वनि सम्पादन भने किशोर थापामगरले गरेका हुन् ।

राजिव समरले आफ्नो नृत्य निर्देशनमा पल, उषा, रञ्जित र सुप्रियालाई गज्जवले नचाएका छन् । रामकुमार केसीको छायाँकन र निर्देशन समेत रहेको यस गीतको भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

गीत र भिडियोलाई लिएर उत्साहजनक प्रतिक्रिया आएको मोडल रञ्जित सिंजाली मगरले जानकारी दिए।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .