ad ad

कला


रातो पहिरनमा छचल्कियो पूर्व मिस वर्ल्ड मानुषीको जवानी

रातो पहिरनमा छचल्कियो पूर्व मिस वर्ल्ड मानुषीको जवानी

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार १०:२८,

पूर्व मिस वर्ल्ड मानुषी छिल्लरका ग्ल्यामर तस्बिरहरु सार्वजनिक भएका छन्।

थाई–हाई स्लिट रेड ड्रेसमा सजिएकी मानुषीका तस्बिरहरु सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सार्वजनिक भएका हुन्। रातो लुगामा उभिएकी मानुषीको सौन्दर्य खुलेको छ।

मानुषीकी फेसन सहयोगी सिफा गिलानीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनका तस्बिरहरु सार्वजनिक गरेकी हुन्।

सिंगापुरमा आयोजित एक च्यारिटी कार्यक्रममा सहभागी हुन पुगेकी मानुषीले रातो लुगामा सबैको वाहवाही पाएकी छन्। उनले यस रातो पहिरनका साथमा गोल्ड स्ट्रैप्ड हिल्स लगाएकी छन्।

छाडेको कपाल, नसालु आँखा, रातो लिपिस्टिक र हल्का मेकअपमा उभिएकी मानुषीका तस्बिरलाई लिएर यतिबेला बलिउडमा चर्चा सुरु भएको छ।

सन् २०१७ को मिस वर्ल्ड बिजेता मानुषी केही समय अगाडि बलिउडमा प्रवेश गर्ने चर्चा पनि चलेको थियाे। मानुषी पृथवीराज चौहानको बायोपिकमा अक्षयकुमारका साथ बलिउडमा डेब्यु गर्न लागेको चर्चा अहिले पनि बलिउडमा चर्चामै छ। उनले यसका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .