लमजुङको घनपोखरामा वेदान्त शिरोमणि कवि डिल्लीजङ गुरुङको सालिक स्थापना गरिएको छ।
कवि गुरुङलाई अमर राख्न तथा उनले नेपाली साहित्यमा पुर्याएको योगदानको स्मरणका लागि उनकै जन्मस्थलमा सालिक स्थापना गरिएको हो।
कविको जन्मजयन्तीको अवसर पारेर उनका छोराहरुले ठाडोभाका लोककला प्रतिष्ठान नेपाल र मस्र्याङदी गाउँपालिकासँग सहकार्य गरेर सालिक स्थापना गरेका हुन्।
गुरुङको अर्धकदको सालिक चैत १० गते नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. जगमान गुरुङले अनावरण गरे।
कवि गुरुङको जन्मजयन्तिको अवसर पारेर सालिक अनावरण स्थलमा राष्ट्रिय कविता प्रतियोताको समेत आयोजना गरियो।
उक्त प्रतियोगीताका लागि देशभरका सय भन्दा धेरै कविले कविता पठाएका थिए। जसमध्ये उत्कृष्ठ १८ मा परेका कविले स्वयम उपस्थित भएर आफ्ना कविता सुनाए।
प्रतियोगीतामा पर्वतकी सजीना पौडेल पहिलो भइन्। खोटाङका अनाम उपेक्षित दोस्रो, विजयराज न्यौपाने लमजुङ (हाल काठमाडौँ) तेस्रो, तुलसीप्रसाद भट्टराई झापा र उदयपुरकी सुमी पोखरेलले सान्त्वना पुरस्कार प्रदान गरियो।
यसैगरी, बैतडीका कर्णदयाल सोराङीलाई विशेष सान्त्वना पुरस्कार प्रदान गरिएयो।
प्रतियोगितामा पहिलो हुनेलाई ४० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार रुपैयाँ, तेस्रोलाई २० हजार रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्नेलाई १०– १० हजार रुपैयाँ र विशेष सान्त्वना स्थानलाई ६ हजार रुपैया नगदका साथ फ्रेमसहितको प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगी कविसँगै देशभरबाट सहभागी भएका १८ कविले आफ्ना अप्रतियोगी रचना वाचन गरेका थिए। कार्यक्रममा अनेसास पोर्चुगल च्याप्टरकी सचिव गोमा रेग्मी, साहित्यका लागि पर्यटन काव्ययात्राका परिकल्पनाकार ऋषभदेव घिमिरे, अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, वरिष्ठ मुक्तककार दिव्य गिरि लगायतले कार्यक्रममा सहभागी भए।
सोही अवसरमा तीन साहित्यिक कृतिको विमोचन गरिएको छ। वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङको जीवनीमा आधारित मेदिनी सुवेदीद्वारा लिखित ‘मेरा कविगुरु डिल्लीजङ गुरुङ’, अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरद्वारा प्रकाशित राष्ट्रकवि माधवप्रसाद घिमिरे विशेषांक ‘दर्पण’ र ठाडोभाका लोककला प्रतिष्ठान नेपालले सोही कार्यक्रमको सन्दर्भमा प्रकाश पार्दै प्रकाशित गरिएको ‘स्मारिका’को नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. जगमान गुरुङले विमोचन गरेका हुन्।
२०६१ सालको कार्तिक १४ गते जन्मिएका कवि डिल्लीजङ गुरुङ गुरुङको नेपाली साहित्यमा अतुलनीय योगदान रहेको छ। उनका ‘लाँकुरी कपित गीता, प्रेमोपहार’ लगायत १९ वटा कृति प्रकाशित छन्।
उनका अप्रकाशित थुप्र्रै कृतिका पाण्डुलिपि सुरक्षित रहेको उनका छोरा मेजर गोपाल गुरुङले बताएका छन्। अप्रकाशित उनका कृतिलाई पनि प्रकाशित गर्ने लमुजुङको कला, साहित्य र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको ठाडोभाका लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले जनाएका छन्। कविवर डिल्लीजङ गुरुङको २०२१ साल जेठमा निधन भएको थियो।
Shares
प्रतिक्रिया