काठमाडौं कलिङ महोत्सवको दोस्रो दिन आइतबार विभिन्न सेसनमाथि छलफल भयो। ‘पुरस्कारको गरिमा’ सेसनमा भाग लिन लेखक अमर न्यौपाने, नयनराज पाण्डे र प्रगति राईलाई सहभागी गराएको थियो।
मदन पुरस्कार र पद्मश्री पुरस्कार समेत रहेका न्यौपानलेलाई पत्रकार राजकुमार बानियाँको प्रश्न गरे– तपाईं लेखक, पाठक र दाताको पनि प्रिय हुनुहुन्छ। यो विशिष्ट गुण हो। तपाईं भाग्यमानी कि मेहेनतले पुरस्कार पाएँ ठान्नुहुन्छ?
न्यौपानेले जवाफ दिए, ‘भाग्यमानी भन्दा पनि कर्म गरेर पाएको हो। पुस्तक पुरस्कार पाउन लेखिन्न। लेखेर पुरस्कार पाइन्छ। पुरस्कार पाउन नि सकिन्छ नपाउन नि सकिन्छ। पाएर उत्कृष्ट नि हुने होइन। धेरै उत्कृष्ट पुस्तकले पुरस्कार पाएका छैनन्। यसको आफ्नै सीमा हुन्छ।’
अमर आफूले छाप्न वा पाठकका लागि कहिल्यै संघर्ष गर्नुनपरेको बताउँछन्।
‘तर मैले संघर्ष लेख्नैका लागि गर्नुपर्यो। कसैले मलाई सबैभन्दा बढी गुनासो कोहीसँग छ भने मैसँग छ,’ उनले भने।
पुरस्कारकै प्रसंग जोड्दा राजनीतिकले न्याकेपछि पुरस्कारले कला साहित्य नचिन्ने उनको बुझाइ छ। ‘तर पुरस्कार राम्रो लेखकलाई दिँदा किताब भन्दा पुरस्कारको गरिमा बढ्छ,’ उनी भन्छन्।
सोही बहसमा अर्का २ वक्ता थिए, लेखक नयनराज पाण्डे र प्रगति राई।
पाण्डे पुरस्कार पाएपछि लेखकहरू अल्छि बन्दै गएको बताउँछन्।
‘पुरस्कार पाइसकेपछि जिम्मेवारी बढ्यो भन्छौँ। तर अधिकांश लेखक पुरस्कार छपाएपछि कमजोर भएका छन्। मेरो पनि उलारपछि अरु पुस्तक खासै चर्चामा आउँदैनन्,’ उनी भन्छन्।
पुरस्कारहरू अधिकांश सट्टापट्टा र चाकडीबाट आदानप्रदान हुने उनी बताउँछन्। उनले भने, ‘धेरै पुरस्कार अहिले चाकडी र सट्टापट्टा गरेर पाउँछन्।’
पाण्डेले आफैं पनि पद्मश्रीको जुरीमा बसेको अनुभव सुनाए। त्यतिबेला लेखकहरूले आफूलाई पुरस्कार नदिएको भन्दै दुस्मनी मोलेको उनको अनुभव छ।
लेखक प्रगति राईको उपन्यास ‘थांग्रा’ यसपालिको मदन पुरस्कार सुचीमा परेको छ। उनी लेखकको पाठक र पुरस्कारको पाठक फरक हुने बताउँछिन्।
‘पुरस्कारलाई तिरस्कार गर्नुपर्छ भन्ने मान्यता त हुन्न। तर पुरस्कार बहिष्कार गरेका लेखक पनि हुनुहुन्छ। कोही कोही बेलामा लेखकलाई पुरस्कारले बाधा गर्छ। कतिपय पुरस्कार लेखकको पछिपछि कतिकति लेखक पुरस्कारको पछिपछि हुन्छ,’ उनी भन्छिन्, ‘पाठकले मन पराएको कृतिमाथि पुरस्कार दिइयो भने उचित हुन्छ।’
Shares
प्रतिक्रिया