बलिउड फिल्म 'लापता लेडिज'ले बक्सअफिसमा कमजोर व्यापार गरेको छ। यस फिल्मले घरेलु बक्सअफिसमा ९ करोड ३८ लाख भारतीय रुपैयाँ कलेक्सन गरेको छ।
गत शुक्रबारदेखि अजय देवगन स्टारर 'शैतान' रिलिज हुँदा किरण रावको फिल्म ‘लापता लेडिज’लाई टिक्न मुस्किल परेको छ। किनकि शैतानले बक्सअफिसमा आक्रामक कमाइ गरिरहेको छ।
ठूलो स्टारकास्ट नदेखिए पनि कम बजेटमा बनेको 'लापता लेडिज'को कथाको प्रशंसा भएको थियो। फिल्म समीक्षकबाट राम्रो प्रतिक्रिया पाए यसले व्यापारमा फाइदा पुगेको देखिँदैन।
मार्च १ मा रिलिज भएको ‘लापता लेडिज’ ले बक्स अफिसमा १२ दिनको यात्रा पूरा गरेको छ। तर, अहिलेसम्म कमाइ १२ करोड रुपैयाँसम्म पुग्न सकेको छैन। रिलिजको पहिलो साता यस फिल्मले करिब ६ करोड भारु कमाएको थियो।
दोस्रो हप्ताको कलेक्सनको कुरा गर्ने हो भने शुक्रबार ६० लाख र शनिबार ९५ लाख भारु कमाइ गरेको छ। आइतबार फिल्मको कमाइ बढेको देखिन्छ। आइतबार यसले १ करोड १५ लाख कमाएको थियो। सोमबार ३० लाखको व्यापार गरेको थियो।
मंगलबारको प्रारम्भिक तथ्यांकअनुसार फिल्मले करिब ३३ लाख भारु रुपैयाँ कमाएको छ।
कमेडी जनरामा बनेको बलिउड फिल्म 'लापता लेडिज'मा दुई बेहुली साटिएको कथा छ।
यस फिल्ममा रवि किशन, नितांशी गोयल, प्रतिभा रन्त र स्पर्श श्रीवास्तव मुख्य भूमिकामा छन्।
लापता लेडिजलाई अभिनेता आमिर खानकी पूर्वपत्नी किरण रावले निर्देशन गरेकी हुन्। यो फिल्म आमिर खान र ज्योति देशपाण्डेले संयुक्त रूपमा निर्माण गरेका हुन्।
Shares
प्रतिक्रिया