बलिउड अभिनेत्री कंगना रनौत भारतस्थित हिमाचल प्रदेशको मन्डी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टी (भाजपा) को उम्मेदवार बन्ने भएकी छन्।
आइतबार साँझ भाजपाले उम्मेदवारहरूको पाँचौं सूची जारी गरेको छ जसमा कंगना रनौतलाई मंडीबाट टिकट दिइएको हो।
टिकट पाएपछि कंगनाले ट्विट गर्दै भनेकी छिन्, ‘मेरो प्यारो भारत र भारतीय जनताको पार्टी भारतीय जनता पार्टीलाई मैले बिनासर्त समर्थन गरेको छु। आज भाजपाको राष्ट्रिय नेतृत्वले मलाई मेरो जन्मभूमि हिमाचल प्रदेशको मण्डीबाट लोकसभाको उम्मेदवार बनाएको छ।’
165
Shares
प्रतिक्रिया