एक भारतीय टेलिसिरियलमा नेपालमा रहेको विश्वकै सर्वाेच्च शिखर सगरमाथालाई भारतको भनेर गलत प्रचार गरिएको छ।
भारतीय टेलिभिजन जी टीभीमा प्रसारण हुने ‘कैसे मुझे तुम मिल गए’ नामको टेलिसिरियलमा सगरमाथालाई भारतको भनेर भ्रम छरिएको हो।
सिरियलको नयाँ एपिसोडमा एक महिलाले युवकलाई सामान्य ज्ञानको प्रश्न सोधेकी छन्, ‘भारतको सबैभन्दा अग्लो पहाडको नाम के हो?’
जवाफमा ती युवकले भनेका छन्, ‘माउन्ट एभरेस्ट (सगरमाथा)।’
जसलाई सही उत्तर मानेर सिरियलमा सहभागीहरूले ताली बजाउँछन् ।
यसमा नेपाल सरकारको ध्यान जानुपर्ने होइन?
हेर्नुहोस् भिडिओ–
1.3k
Shares
प्रतिक्रिया