विश्व यतिबेला सामान्य अवस्थामा भए ओलम्पिक हुने क्षेत्रमा दैनिक दशौं हजारपटक खाना–खाजा पाकिरहेको हुन्थ्यो।
तर यसपटक जापानमा हुने ओलपिक प्रतियोगितामा साथै ओलम्पिक क्षेत्रमा त्यति धेरै भीड हुनेछैन।
यसपटक कोरोना भाइरसको खतराका कारण आयोजकले दर्शकलाई ओलम्पिक मैदानमा सीमित मात्रामा प्रवेश गराउनेछन्। त्यसकारण ओलम्पिक हेर्न आउने विदेशी दर्शकको संख्या पनि कम हुनेछ।
सन् २०२० मा आयोजना हुने भनिएको ओलम्पिक खेल आगामी हप्ताको शुक्रबारदेखि संचालनमा आउँदैछ।
टोकियोमा हुने खेल अगष्ट ८ सम्म जारी रहनेछ। गतवर्ष कोरोनाका कारण यो प्रतियोगिता हुन सकेको थिएन।
यसपटक टोकियो ओलम्पिक हुने क्षेत्रमा उल्लेखनीय भीड नदेखिएता पनि त्यहाँ ७ सय परिकारको खाना र खाजा पाक्ने साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
अर्कोहप्ताको मंगलबारदेखि ओलम्पिक हुने क्षेत्रका होटलहरु खुल्नेछन्। जापानले हरेक दिन १८ हजार खेलाडीको कोरोना परीक्षण गर्नेछ। साथै अफिसियल्सहरुको पनि कोरोना परीक्षण हुनेछ।
त्यहाँ ७ सय परिकार हरेक दिन ४८ सयपटक पाक्नेछन्। यी परिकारमा विश्वमा रहेका सबै परिकार र जापानको विशेष परिकारहरु समेटिनेछन्।
Shares
प्रतिक्रिया