ब्राजिलका विश्वकप विजेता तथा बालुन डि’ओर विजेता रोनाल्डो नाजेरियो विश्वका एक उत्कृष्ट स्ट्राइकरको रुपमा सँधै सम्झनामा रहिरहनेछन्।
हाल ४४ वर्षका रोनाल्डो ला लिगा खेल्ने स्पेनिस क्लब रियल भालाडोलिडका मालिक हुन्।
खेल पण्डितहरु रोनाल्डो इन्जुरीको समस्याबाट पीडित नभएको भए उनको गोल हान्ने क्षमतालाई कसैले टक्कर दिन नसक्ने बताउँछन्।
सन् २००२ मा उनको उत्कृष्ट प्रदर्शनकै कारण ब्राजिलले विश्वकप फुटबलको उपाधि हात पारेको थियो।
आज रोनाल्डो भन्दा उनलाई जसले पनि चिन्नसक्छ। तर जब उनी अन्तर्राष्ट्रिय खेल जीवनको सुरुवाती चरणमा थिए उनको नाम रोनाल्डो थिएन।
उनलाई ‘रोनाल्डिहो’ भनेर चिनिन्थ्यो। रोनाल्डिन्हो भन्दा हामीलाई हँसिलो अनुहार, लामो कपाल भएका अर्का स्टार खेलाडीको सम्झना आउँछ। तर रोनाल्डोले पहिले आफ्नो नाम रोनाल्डिन्हो राखेका थिए।
(रोनाल्डो र रोनाल्डिन्हो)
जब उनी राष्ट्रिय टोलीबाट सुरुवाती चरणमा खेल्दै थिए। त्यसबेला ब्राजिलमा रोनाल्डो रोड्रिगेज डि जिसस नामका खेलाडी थिए। उनको जर्सीमा रोनाल्डो लेखिएको थियो।
उनी साना पनि थिए त्यसकारण उनले आफूभन्दा जेठा रोनाल्डोबाट फरक देखिन रोनाल्डिन्हो नाम राखेका थिए। ब्राजिलमा रोनाल्डिन्होको अर्थ ‘सानो रोनाल्डो’ हुन्छ।
सन् १९९४ देखि सन् १९९७ सम्म रोनाल्डोलाई रोनाल्डिन्हो भनेर चिनिन्थ्यो। सन् १९९६ को ओलम्पिकमा उनले रोनाल्डिन्हो नामको जर्सीमै खेलेका थिए। स्पोर्ट्स बाइबल
Shares
प्रतिक्रिया