भनिन्छ सच्चा प्रेम गर्नेहरु प्रेमको लागि सबैथोक गुमाउन तयार हुन्छन्। तर, सबै प्रेमको अन्त्य भने सुखद हुँदैन।
यस्तै दुर्भाग्य भएका एक व्यक्ति हुन् मेक्सिकोका उजिएल मार्टिनेज। द सनका अनुसार पेशाले शिक्षक रहेका उनले आफ्नी प्रेमिकाकी आमाको ज्यान बचाउन एउटा मिर्गौला दिएका थिए।
यद्यपि आमाको अपरेसन भएको एक महिना पनि नबित्दै प्रेमिकाले उनलाई ब्रेकअप दिइन्। टिकटकमार्फत मार्टिनेजले आफ्नो कहानी बताउँदै अहिले प्रेमिकाको अर्कैसँग विवाह भएको उल्लेख गरेका छन्।
उनी दुःखी हुँदै पोष्ट गरेको उक्त भिडिओमा धेरै मानिसहरुले उनीप्रति सहानुभूति जनाएका छन्।
यस्तै सहानुभूति जनाउँदै टिकटक प्रयोगकर्ताले गरेको कमेन्टको जवाफ दिँदै मार्टिनेजले आफू अहिले एउटा मिर्गौलाको साथ पनि खुसी रहेको र आफूलाई पूर्वप्रेमिकाले गरेको कार्यप्रति कुनै किसिमको गुनासो नरहेको बताएका छन्।
उनले आफ्नो उनीप्रति कुनै किसिमको वैरभाव नरहेको र आफूहरुले एकअर्कालाई घृणा पनि नगर्ने बताएका छन्।
Shares
प्रतिक्रिया