बेलायतका एक व्यक्ति ७२ वर्ष लाइसेन्सविनै कार चलाएपछि पक्राउ परेका छन्।
८४ वर्षीय बेलायती चालकलाई बिमा र लाइसेन्स विना नै सवारीसाधन चलाएको अरोपमा पक्राउ गरेको हो।
सेन्ट्रल इंगल्याण्डको बुलवेलको सुपरमार्केटबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेपछि उनीसँग वैध लाइसेन्स नभएको पाइएको हो। वास्तवमा उनले आफ्नो जीवनकालमा कहिल्यै पनि सवारीसाधनको लाइसेन्स नलिएको खुलेको हो।
बीबीसीका अनुसार सन् १९३८ मा जन्मिएका उनले आफू १२ वर्षको हुँदादेखि सवारीसाधन चलाउन थालेको र कहिल्यै पनि प्रहरीले नसमातेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा राइज पार्क र हाइबरी भेल प्रहरीले अहिलेसम्म तीन व्यक्ति कहिले कहिले पनि दुर्घटनामा भने नपरेको उल्लेख गरेको छ।
प्रहरीले अहिले प्रविधिको धेरै विकास भइसकेको कारण आगामी दिनमा साथमा कागजात नबोकी सवारीसाधन चलाउनाले कुनै न कुनै दिन फन्दामा परिने भन्दै चेतावनी पनि दिएको छ।
बेलायतमा लाइसेन्स नबोकी सवारीसाधन चलाउनाले तत्कालै जरिवाना हुन सक्ने व्यवस्था छ। त्यस्तै सवारीसाधनको बिमा नभएको अवस्थामा असीमित जरिवाना लगाउन सकिन्छ। यद्यपि अहिले पक्राउ परेका व्यक्तिलाई कति सजाय तोकिएको छ भन्नेचाहिँ खुलाइएको छैन।
Shares
प्रतिक्रिया