भारत। भ्यालेन्टाइन्स डे नजिकै आइरहेको छ। प्रेम गर्नेहरु यो दिनलाई विशेष मान्छन्।
तर भारतमा एक यस्ता युवालाई प्रहरीले समातेको छ, जो अरुको मोटरसाइकल चोरी गरेर प्रेमिकलाई घुमाउँथे।
नवभारत टाइम्सका अनुसार यादव नगर बादलीमा बस्ने सचिन नाम गरेका ती युवाले प्रहरीसँग आफूले बाइक चोरी गरी प्रेमिका घुमाउने गरेको स्वीकारेका थिए।
सोधपुछपछि उनले अहिलेसम्म चारवटा बाइक चोरी गरिसकेको खुलेको छ। उनीसँगै चारवटा बाइक समेत बरामद गरिएको छ। उनी प्रेमिकलाई घुमाएपछि बाइक बेच्थे र फेरि नयाँ बाइक चोरी गर्थे।
162
Shares
प्रतिक्रिया