अनलाइनबाट सामग्री खरिद गर्दा एउटा सामग्री पठाउँदै अर्कै सामग्री आउँदा कस्तो महसुस हुन्छ होला? धेरै मानिसले यो अवस्थाको सामना गरेका छन्।
यद्यपि बेलायतकी एक महिलाले यस्तै समस्याको सामना गर्नुपरेको छ।
द सनका अनुसार ३२ वर्षीया खौला लाफली नामकी एक महिनाले गत जनवरी २४ मा हालै सार्वजनिक भएको आईफोन १३ प्रो म्याक्स अनलाइनबाट अर्डर गरेकी थिइन्।
यद्यपि डेलिभरीको समयमा भने उनले एक बोतल साबुन पाइन्।
समाचारमा उल्लेख गरिएअनुसार उनले समग्रमा १५२१ पाउण्ड अर्थात् करिब साढे २ लाख नेपाली रुपैयाँमा उक्त फोन खरिद गरेकी थिइन्।
सुरुमा १५० पाउण्ड तिरेकी उनले बाँकी किस्तामा बुझाउने गरी फोन खरिद गरेकी थिइन्।
अघिल्लो दिन नै उनलाई फोन आउनुपर्ने थियो तर डेलिभरी चालकले आफू जाममा फसेको भन्दै डेलिभरी दिएनन्।
जनवरी २६ मा चालक महिलाको घर पुगेका थिए। उनले आईफोन दिएनन् र अगाडिको ढोकाको तस्बिर लिएर फर्किएका थिए।
जनवरी २७ मा महिलाले डेलिभरी पाइन्। तर, उनले प्याकेज खोलेर हेर्दा त्यसमा आईफोन १३ प्रो म्याक्सको सट्टामा साबुनको बोतल मात्र पाइन्।
महिलाले तत्कालै स्काई मोबाइलमा फोन गरेर यस विषयमा जानकारी गराएकी थिइन्। कम्पनीले यस विषयमा अनुसन्धान हुने आश्वासन महिलालाई दिएको थियो।
यद्यपि त्यसको एक सातासम्म पनि कम्पनीले उनलाई सम्पर्क गरेको छैन।
बेलायतमा आईफोन अर्डर गर्दा अर्को सामान आएको यो पहिलो घटना भने होइन।
यसअघि सन् २०२१ को फेब्रुअरीमा एक महिलाले आईफोन १२ प्रो म्याक्स अर्डर गरेकी थिइन् तर उनले स्याऊको स्वादको दही पाएकी थिइन्।
Shares
प्रतिक्रिया