सामान्यतया कसैको विवाहको जन्ती जाँदा बेहुलाका परिवार, साथीभाइ र छिमेकी सामेल हुन्छन्।
भारतको हरिद्वारस्थित बहादुरवाद क्षेत्रमा एक बेहुलाले आफ्ना साथीहरुलाई बेवास्ता गर्दै कार्डमा लेखिएको समयभन्दा पहिला नै विवाहको लागि निस्किएपछि विवाद भएको छ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार विवाहमा जन्ती जान नपाएका साथीहरुले बेहुलालाई प्रतिवादी बनाउँदै ५० लाख भारतीय रुपैयाँ माग गर्दै मुद्दा दायर गरेका छन्।
रवि नाम गरेका बेहुलाले आफ्ना चन्द्रशेखर नाम गरेका साथीलाई विवाहको कार्ड सबै साथीलाई बाँड्न जिम्मा दिएका थिए। उक्त कार्डमा जन्ती ५ बजे हिँड्ने उल्लेख थियो। सोही अनुसार रविका साथीहरु पुगे तर त्यतिबेलासम्म जन्ती हिँडिसकेको थियो।
त्यसछि चन्द्रशेखरले रविलाई फोन गरे र यस विषयमा कुरा गरे। पछि उनले सबै साथीहरुलाई आ–आफ्नो घर फर्काइदिए।
तर, कुरा त्यतिमै सीमित रहेन। चन्द्रशेखर एक वकिलकहाँ गए र आफूले रविको विवाहमा बोलाएका मानिसहरुले रविको कारण मानसिक तनाव दिएको भन्दै मानहानीको मुद्दामा ५० लाख दाबी गर्दै मुद्दा दायर गरे।
उनले रविले सार्वजनिक रुपमा तीनदिनभित्र माफी माग्नुपर्ने मागसमेत गरेका छन्।
Shares
प्रतिक्रिया