न्यूजिल्याण्डकी न्यायमन्त्री किरी एलेनले सोमबार आफ्नो पदबाट राजीनामा दिएकी छन्।
उनीमाथि मदिराको कानुनी सीमा उल्लंघन गरेको अभियोग लगाइएको छ। घटना आइतबार राति ९ बजेको हो। अत्याधिक मदिरा सेवन गरेकी उनले पार्किङमा राखेको अर्को कारसँग आफ्नो कार ठोक्काएकी थिइन्।
उक्त दुर्घटनापछि मन्त्री किरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। करिब ४ घण्टा हिरासतमा राखी उनको मापसे जाँच गरिएको थियो।
उक्त परीक्षणमा उनले अत्यधिक मदिरा सेवन गरेको पुष्टि भएको थियो। त्यसपछि प्रहरीले विज्ञप्तिमार्फत् मन्त्री किरीले मदिरा सेवनमा कानुनी सीमा नाघेको बताएको थियो। प्रहरीले उनीमाथि लापरवाहीपूर्वक कार चलाएको आरोप लगाएको छ।
उक्त घटनापछि उनले न्यायमन्त्रीबाट राजीनामा दिएकी छन्। सोमबार उनले पदबाट राजीनामा दिएकी हुन्। मन्त्री पदबाट राजीनामा दिए पनि उनको सांसदको पद भने कायम छ।
किरी न्युजिल्यान्ड लेबर पार्टीका प्रभावशाली नेता हुन्। किरीमाथि यसअघि पनि पनि सरकारी सम्पत्ति दुरुपयोगको आरोप छ।
Shares
प्रतिक्रिया