अहिले भारतीय सञ्चार माध्यममा पाकिस्तानकी सीमा हैदर र भारतका सचिन मिणाको प्रेम कहानी चलिरहेको छ।
पाकिस्तानको सिन्धको खैरपुर जिल्लाकी सीमाको भेट सन् २०२० मा पब्जी खेल्ने क्रममा भारत उत्तर प्रदेशका सचिनसँग भयो। त्यसपछि दुईबीच मन मिल्यो, प्रेम झाँगियो। मोबाइल नम्बर साँटासाँट भयो। सीमाले हिम्मत गरिन्। दुवैले काठमाडौंमा भेट्ने निष्कर्ष निकाले। अनि दुबई हुँदै सीमा नेपाल पुगिन्, दुवैले बिहे गरे।
सीमा आफ्ना ४ सन्तानलाई लिएरै भारत पुगेकी हुन्।
सीमालाई भिसाबिना गैरकानुनी रुपमा भारत प्रवेश गरेको भन्दै पक्राउ गरियो। तर गएको शुक्रबार अदालतको छाड्ने आदेश दिएपछि उनीहरुकाे प्रेम सम्बन्ध चर्चाको विषय बन्यो। यद्यपि सीमा भारतमै छिन्। उनीहरुको मुद्दा टुंगिसकेको छैन।
त्यस्तै एक घटना अब पाकिस्तानमा भएको छ। फेसबुकमा मित्रता बनाएर पाकिस्तानी पुरुषलाई भेट्न भारतीय महिला अञ्जु प्रेमी नसरुल्लाहलाई भेट्न खैबर पख्तुनख्वा पुगेकी छन्। तीन सन्तानलाई छाडेर उनी विहे गर्न पाकिस्तान पुगेकी हुन्।
अञ्जु र नसरुल्लाह सन् २०२० देखि फेसबुकमा जोडिएका थिए। त्यही क्रममा झाँगिँदै गएको प्रेमले यही साता सीमा नाघ्ने निर्णय गर्यो र अवैध बाटो हुँदै पाकिस्तान पुगेकी छन्। यो घटना सीमा हैदर र सचिनको प्रेमसँग मिल्दो छ। यद्यपि अञ्जु भने कानुनी बाटो हुँदै भिसा लगाएर पाकिस्तान पुगेकी हुन्।
अञ्जु विवाहित हुन्। उनका २ सन्तान छन्। सन्तान र पतिलाई छाडेर उनी पाकिस्तान पुगेकी हुन्।
उनका पति अरविन्दले भारतीय सञ्चार माध्यममा भनेका छन्, 'अञ्जुले २१ जुलाईमा घरबाट जयपुर जाने बताएकी थिइन्। त्यसपछि पनि हाम्रो ह्वाट्सएपमा कुराकानी भइरहेको थियो। त्यसको दुई दिनपछि छोरा बिरामी भयो र मैले अञ्जुलाई उनको फर्कने योजनाबारे सोधेँ। त्यति बेला बल्ल उनले आफू पाकिस्तानमा भएको र चाँडै फर्कने बताएकी छन्।'
अञ्जुले पाकिस्तानको भिसाका लागि २ वर्षदेखि प्रक्रिया जारी राखेको खुलेको छ। २ वर्षको अथक मिहेनतपछि आफूले भिसा पाएको उनले बताएकी छन्। उनी भारतमा एक निजी कम्पनीमा काम गर्थिन्।
उनीहरुले केही दिनमै औपचारिक रुपमा इंगेजमेन्ट गर्ने योजना बनाएका छन्।
Shares
प्रतिक्रिया