ad ad

रोचक


अफगान युद्धमा बेलायती सेनाको ज्यान जोगाउने कुकुरलाई बहादुरीको पदक दिइने!

अफगान युद्धमा बेलायती सेनाको ज्यान जोगाउने कुकुरलाई बहादुरीको पदक दिइने!

नेपालखबर
भदौ १४, २०७७ आइतबार १०:४७,

कुनो नाम गरेको कुकुरले भिक्टोरिया क्रस सम्मान बराबरकै सम्मान पाउने भएको हो।

अलकायदासँग लडिरहेका सेनासँग कुनो दुईपटक खटेको थियो। कुनोले दुश्मनको बम तथा हतियारहरु पत्ता लगाउँथ्यो साथै यसले दुश्मनको सूचना पनि दिने गर्दथ्यो।

यसरी धेरैपटक कुनोले दुश्मनको नजरबाट बेलायती सेनालाई बचाउन सफल भएको थियो।

Military dog Kuno

एकपटक गोलाबारी भइरहेको स्थानमा कुनोको पछाडिको दुई खुट्टामा गोली लागेको थियो। जसका कारण कुनोले दुवै खुट्टाको पञ्जा गुमाउनु पर्यो।

अहिले कुनोको खुट्टामा कृत्रिम अंग राखिएको छ। जसका कारण यसले सजिलै हिँडडुल गर्नसक्छ।

बेलायत सरकारले यसै वर्षको नोभेम्बरमा कुनोलाई डिकिन मेडल प्रदान गर्न लागेको छ। यो भिक्टोरियाक्रस बराबरको सम्मान हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .