ad ad

रोचक


नेदरल्याण्ड्सका प्रधानमन्त्री साइकलमै पुगे कार्यालय!

नेदरल्याण्ड्सका प्रधानमन्त्री साइकलमै पुगे कार्यालय!

नेपालखबर
भदौ २८, २०७७ आइतबार ११:१३,

उनी सादा जीवन उच्च विचारका छन् त्यसकारण उनले त्यहाँका जनताको माया पाइरहेका हुन्।

हाल पनि उनी आफ्नो साधारण जीवन शैलीकै कारण चर्चामा आएका छन्। हालै एउटा सार्वजनिक तस्बिरमा उनी साइकलमै कार्यालय गइरहेको देखिएको छ।

तस्बिरमा उनले स्याउ खाइरहेका पनि देख्न सकिन्छ। साइकलमै कार्यालय पुगेको विषय अन्तर्राष्ट्रिय संचारमाध्यममा सार्वजनिक भएसँगै विश्वभरका मानिसले उनको प्रशंसा गरेका छन्।

मानिसहरुले मार्क रुटबाट विभिन्न देशका उच्च व्यक्तिहरुले राम्रो पाठ सिक्नसक्ने बताइरहेका छन्।

यसअघि पनि मार्क रुटले साइकल कुदाएका भिडियोहरु सार्वजनिक भएका छन्। सन् २०१९ मा पनि रुट स्याउ टोक्दै साइकलमा आफ्नो अफिससम्म पुगेका थिए।

उनले साइकलमा यात्र गर्न आफूलाई सहज लाग्ने बताउने गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .