ad ad

रोचक


विश्व चर्चित भारोत्तोलन खेलाडीलाई जब विमानमा महिला भएको प्रमाण मागियो...

विश्व चर्चित भारोत्तोलन खेलाडीलाई जब विमानमा महिला भएको प्रमाण मागियो...

नेपालखबर
असोज १५, २०७७ बिहिबार ९:५५,

हेर्दा पुरुषकै जिउडाल भएकी एनालाई सबै कागजात हुँदा पनि विमानमा चढ्न दिइएको थिएन। उनलाई त्यहाँका सुरक्षाकर्मीले विमानमा चढ्दा महिला भएको प्रमाण खोजेका थिए।

४२ वर्षकी एनाले रुसलाई प्रतिनिधित्व गर्दै धेरैपटक अन्तर्राष्ट्रिय उपाधि हात पारेकी छिन्। यद्यपी विमानमा महिला भएको प्रमाण पेश गर्न लगाउँदा आफूलाई दुःख लागेको उनी बताउँछिन्।

सेन्ट्स पिटर्सबर्गबाट रसिएन एयरलाइन्समा एना मक्सकोस्थित क्रास्नोदार जाँदै थिइन्। तर चेकपोइन्टमा प्रहरीले पासपोर्टमा महिला लेखिएको छ भन्दै एनलाई विमानमा चढ्न दिएका थिएनन्।

भीड अगाडि आफूलाई हप्काइएको र आफूले त्यहाँ असहाय महसुस गरेको उनले बताइन्।

एना महिला हुन्। उनले आफू समलिंगी भएको गत वर्षमात्र खुलाएकी थिइन्।

एना महिलानै भएको वास्तविकता थाहा पाएपछि भने रसिएन एयरलाइन्सले माफी मागेको छ। यस्ता गल्ती नदोहोरिने एयरलाइन्सले बताएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .