स्लोभाकियाको क्लेइनभिजन कम्पनीले उड्ने कारको सफल रुपमा परीक्षण सम्पन्न गरेको छ।
प्रविधिको युगमा यस उड्ने कारको विकासलाई ठूलो उपलब्धिको रुपमा हेरिएको छ।
किनभने यस कार सडकमा सामान्य कारजस्तै कुद्नसक्छ भने यो हवाई जहाजजस्तै हावमा उड्न पनि सक्छ।
यो उड्ने कार दुईपटक १५ सय फिटको उचाईमा पुग्न सकेको बताइएको छ। दुईपटककै परीक्षण उडान सफल भएको बताइएको छ।
सन् २०३५ भित्र उड्ने कार मानिसको जीवनशैली बन्ने वैज्ञानिकहरु बताउँछन्। हाल जापान, अमेरका, चीन लगायत देशका प्रविधि कम्पनीहरुले उड्ने कार बनाउनमा जोड दिएका छन्।
(भिडियो)
102
Shares
प्रतिक्रिया