ad ad

रोचक


चारसय वर्षपछि नजिक भएका वृहस्पति र शनि ग्रहका तस्बिरहरु...

चारसय वर्षपछि नजिक भएका वृहस्पति र शनि ग्रहका तस्बिरहरु...

नेपालखबर
पुस ७, २०७७ मंगलबार ६:५३,

भौतिक रुपमा नजिक भएका यी दुई ग्रहको दूरी ० दशमलब १ डिग्री रहेको वैज्ञानिकहरुले बताएका छन्।

० दशमलब १ डिग्री निकट भएपनि यी दुई ग्रहबीचको दूरी करोडौं किलोमिटर रहेको वैज्ञानिकहरुको भनाई छ।

सोमबार साँझ चारसय वर्षपछि यी दुई ग्रह नांगो आँखाले देख्न सकिनेगरी नजिक भएका हुन्। वैज्ञानिकहरूका अनुसार यो खगोलिय घटना सन् १६२३ जुलाई १७ पछि पहिलोपटक भएको हो।

सौरमंडल में ग्रहतस्बिरः इपीए/योनहाप

अब यस्तो दृश्य सन् २०८० को मार्च १५ मा मात्र देख्न सकिने वैज्ञानिकहरुले बताएका छन्। सौर्यमण्डलका दुई ठूला ग्रह नजिक आउनु दुर्लभ घटना भने नभएको अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ।

बृहस्पति हरेक २० वर्षमा आफ्नो छिमेकी ग्रह शनिको नजिक भएर जाने गर्छ। तर यति नजिक आउनुचाँहि दुर्लभ घटना भएको वैज्ञानिकहरु बताउँछन्।

View of the conjunction of Saturn and Jupiter in the sky over Santa Pola, Alicante, eastern Spainतस्बिरः इपीए

वृहस्पति र शनि नजिक भएको सबैभन्दा राम्रो दृश्य सोमबार राति ब्रिटेनको उत्तरी हिस्साबाट देखिएको बताइएको छ।

खगोलविद्हरुका अनुसार वृहस्पति र शनि ग्रहबीचको यस्तो प्रक्रिया हरेक २० वर्षको अन्तरालमा हुन्छ। तर, रातिको समयमा नजिक भएर अवलोकन गर्न सकिने अवस्था भने सयौँ वर्षपछि आएको हो। एजेन्सी

The Moon, left, Saturn, upper right, and Jupiter, lower right, are seen after sunset with the Washington Monument, Dec. 17
तस्बिर: नासा

तस्बिरः एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .