उनले पूर्वी युरोप तथा पश्चिम एसियाको बिचमा रहेको देश जोर्जियाका गालिप ओजटर्कसँग विवाह गरेकी छिन्।
क्रिस्टिनाको पति गालिप धनाढ्य होटल व्यवसायी हुन्। हाल ११ सन्तान भएता पनि क्रिस्टिानाले आफूहरुलाई थप १०० बच्चाहरु चाहिएको बताएकी छिन्।
हाल ११ सन्तानमध्ये उनले एकमात्र आफ्नो कोखबाट जन्म दिएका हुन्। अन्य १० सरोगेट गरिएको हो।
सरोगेट नै गरेता पनि क्रिस्टिना र गालिप नै ती सन्तानका जैविक पिता हुन्।
अब आफ्नो इच्छा थप १०० बच्चा हुर्काउने भएको क्रिस्टिना बताउँछिन्।
जोर्जियामा सन् १९९७ देखि सरोगेसीले वैधानिकता पाएको छ। त्यसकारण उनीहरुले दश सन्तान सरोगेसीमार्फत पाएका हुन्।
त्यहाँ हाल सरोगेसीबाट बच्चा जन्माउन ८ हजार युरो लाग्ने बताइएको छ।
क्रिस्टिनाले आफूलाई थप १०० बच्चा चाहिने विषय सामाजिक संजालमा बताएकी हुन्। टाइम्स नाउँ न्युज
प्रतिक्रिया