ट्विटरमा उनको ह्वात्तै फलोवर बढेको छ। @azusagakuyuki नामको ट्विटर ह्यान्डल भएका ती भाइरल महिला बाइक चालिका वास्तवमा पुरुष रहेछन्।
५० वर्षका उनको नाम जोंगु भएको र उनले महिलाजस्तो देखि फेसएप्सको प्रयोग गरेको डेलीमेलले जनाएको छ।
ट्विटर लगायत सामाजिक संजालमा जवान महिलाले मोटर साइकल चलाइरहेको फोटो तथा तस्बिरहरु उनले पोस्ट गर्दै आएका थिए।
तर सबैले उनी पुरुष भएको थाहा पाएपछि उनले जापानी टिभीसँग ठट्यौली तवरमा भनेका छन्,‘अंकललाई हेर्न कसले रुचाउँछ र? त्यसकारण फेसबुक एपको प्रयोग गरेर राम्री महिला बने।’
उनको ट्विटर पोस्टहरुमा पनि केहीले उनको हात तथा शरीरका केही अंगलाई लिएर उनी पुरुष भएको बताउँदै आएका थिए।
प्रतिक्रिया