सन्तानप्रतिको आमाको माया कुनै बहुमूल्य मानिने रत्नसँग तुलना हुन सक्दैन। किनभने आमाको माया निस्वार्थ र अतुलनीय छ।
आमाको माया अथवा सन्तानप्रतिको प्रेमको विषयमा धेरै साहित्य लेखिएका छन्, चलचित्र बनेका छन्।
यसबीचमा हालै सार्वजनिक भएको एउटा भिडिओले आमाको माया कतिसम्म निस्वार्थ हुँदो रहेछ भनेर अझ प्रस्ट पारिदिएको छ।
डेलीमेलका अनुसार इराकमा एउटा किसान परिवारले पालिरहेको कुखुराको पोथीले बिरालोका बच्चाहरु हुर्काइरहेको छ।
भिडिओमा देखिएअनुसार एउटा पोथीले बिरालोका बच्चाहरुलाई आफ्नो पखेटाले मायाले छोपिरहेको छ।
भाइरल भएको उक्त भिडिओलाई लाखौंले हेरिसकेका छन्। भिडिओ खिच्ने व्यक्ति गारो ए सुर्चीका अनुसार उनले बिरालो कराएको आवाज सुनिरहेका थिए।
तर जब उनले खोज्न थाले बिरालो भेटेनन्। तर जब खोज्दै गए उनले बिरालोहरु पोथीको पखेटामा निदाएको देखे।
यो भिडिओ सार्वजनिक भएसँगै आमाको स्नेह र प्रेमको विषयमा फेरि चर्चा सुरुवात भएको छ।
मानिसहरुले आमाको प्रेम निस्वार्थ हुने भएकाले नै साना बिरालोलाई कुखुराको पोथीले त्यसरी राखेको बताएका छन्।
(भिडिओ)
प्रतिक्रिया