गत मार्च २७ मा जयपुरस्थित रान्थमबोर नेसनल पार्कमा तीन जना सवार बाइकले चितुवालाई ठक्कर दिएको हो।
टाइम्स अफ इन्डियाका अनुसार बाइकमा सवार मानिसहरु गणेश मन्दिर रोड हुँदै अड्डा बालाजी मन्दिर पुजाको सिलसिलमा जान खोजेका थिए।
भक्तालु सवार बाइक र बाटो काट्न खोजिरहेको चितुवा ठोक्किएपछि बाइकसँगै मानिसहरु तथा उक्त चितुवा लडेका थिए।
यस दुर्घटनामामा परेर तीनै जना सामान्य घाइते भएका छन्। संयोग यो सबै घटनाको फोटो खिच्न एक फोटोग्राफर सफल भएका छन्।
मुम्बईका वाइल्डलाइफ फोटोग्राफरले खिचेका तस्बिरहरु यतिबेला सामाजिक सन्जालमा भाइरल भएका छन्।
दुर्घटनापछि चितुवा मान्छेलाई आक्रमण नगरी जंगल तिर भागेको थियो।
प्रतिक्रिया