उनीहरुले अफिसबाट छुट्टी पाउनकै लागि एक महिनाको अवधिमा चारपटक विवाह र तीनपटक सम्बन्धविच्छेद गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
बुधबार ताइपेइको श्रम विभागले यो विषयलाई पुष्टि गरेको हो। ताइवानमा विवाह गर्ने दम्पतीलाई ८ दिन तलबी विदा दिइन्छ।
सोही नियमलाई पछ्याउँदै पहिलोपटक विवाह गर्दा उनीहरु ८ दिन विदामा बसे।
तर बैंकमा काम गर्ने ती पुरुष कर्मचारीले एकै महिलासँग धेरैदिन छुट्टी पाउनको लागि भन्दै दोहोर्याउँदै चारपटक विवाह गर्दा तीनपटक सम्बन्धविच्छेद गरे।
यसरी कामै नगरी एक महिनाको तलब बुझेका उनलाई श्रम विभागले कानुनको उल्लंघन गरेको भन्दै ६७० अमेरिकी डलर जरिवाना गराएको छ।
प्रतिक्रिया