विश्वमै पहिलोपटक गर्भवती महिलाको मम्मी भेटिएको हो।
वार्सा मम्मी प्रोजेक्ट अन्तर्गत पुरातत्वविदहरुले सन् २०१५ यता प्रविधिको प्रयोग गरेर इजिप्टका विभिन्न स्थानमा मम्मीको उत्खनन् गरिरहेका छन्।
सोही क्रममा गर्भवती मम्मी फेला परेको हो। विज्ञहरुले सुरुवातमा उक्त मम्मी पुरुष पुजारी भएको अनुमान गरेका थिए।
तर अनुसन्धान हुँदै जाँदा उक्त मम्मी २० देखि ३० वर्षकी गर्भवती महिलाको भएको पत्ता लागेको हो। उक्त मम्मी २ हजार वर्ष पुरानो भएको बताइएको छ।
जर्नल अफ आर्कियोलोजिकल साइन्सका अनुसार धनाढ्य गर्भवती महिलाको शवलाई मम्मी बनाएर त्यसबेला संरक्षण गरेर राखिएको थियो।
प्रतिक्रिया