कोरोनाविरुद्धको प्रतिबन्ध लागू भएकाले भारतमा विवाह समारोह धेरै मानिसको उपस्थितीमा गर्न पाइँदैन।
त्यसकारण एक भारतीय जोडीले कोरोनाविरुद्ध लागू गरिएका प्रतिबन्धहरू छल्न विमान भाडामा लिएर १५० भन्दा बढी निम्तालुहरूको उपस्थितीमा आकाशमै विवाह गरेका छन्।
सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा हवाईजहाजमा ती जोडी र निम्तालुहरूको भिड देखिन्छ।
(भिडिओ)
— DONTHU RAMESH (@DonthuRamesh) May 23, 2021Rakesh-Dakshina from Madurai, who rented a plane for two hours and got married in the wedding sky. Family members who flew from Madurai to Bangalore after getting married by SpiceJet flight from Bangalore to Madurai. #COVID19India #lockdown @TV9Telugu #weddingrestrictions pic.twitter.com/9nDyn3MM4n
यो घटना भएको मानिएको तमिलनाडु राज्यले हालै कडा प्रतिबन्धहरू लगाउँदै विवाहमा ५० जनाभन्दा बढी सहभागी हुन नपाउने नियम लागू गरेको छ।
भिडिओ भाइरल बनेसँगै द टाइम्स अफ इन्डियाका अनुसार भारतीय उड्डयन निकायले स्पाइसजेटको सो उडानका कर्मचारीहरूलाई निलम्बन गरेर अनुसन्धान सुरु गरेको छ।
प्रतिक्रिया