वेस्ट मिडल्यान्डका राचेल इलवेलबाट एक पुरुषले प्रेम गर्नेभन्दै १ लाख १३ हजार पाउन्ड असुलेको र सम्पर्कविहिन भएको बताइएको छ।
ती पुरुषले आफू ऋणमा रहेको र ऋण तिर्न नसक्दा आफूलाई नियन्त्रणमा लिइएको झुठो दाबी गर्दै महिलाबाट पैसा लिएका थिए।
यतिबेला पैसा लिएर सम्पर्कविहिन भएपछि भने ती महिला आफूमाथि ठगी भएको र आफू टाट पल्टिएको भन्दै प्रहरीमा पुगेकी छिन्।
राचेल इलवेलका अनुसार ती पुरुष युवा र राम्रा देखिन्थे। तर यतिबेला पैसा खर्चगर्दा पनि प्रेमिका नभेटेपछि उनी तनावमा छन्। एजेन्सी
प्रतिक्रिया