हाल यस शौचालयलाई टोकियोको नयाँ आकर्षणको रुपमा पनि व्याख्या गर्ने गरिएको छ।
बाहिरबाट सिसाले बारिएको यस शौचालय पारदर्शी छ। तर जब मानिस यहाँ प्रवेश गर्दछन् सिसा धमिलो भइदिन्छ। शौचालय आफैं अपारदर्शी भएपछि कसैले देख्दे समस्या हुँदैन।
भरपर्दो भएकाले यो अचम्मको पारदर्शी शौचालय ढुक्क भएर प्रयोग गर्न आग्रह गरिएको छ।
प्रविधिको प्रयोग गरिएको यस शौचालयलाई जापानमा चर्चित आर्किटेक्ट समूह सिगारु बान आर्किटेक्टले निर्माण गरेको हो।
अधिकारीहरुका अनुसार यो शौचालय बनाउनुको पहिलो उद्देश्य यसको सरसफाइ दर्शाउनु हो।
(भिडिओ)
प्रतिक्रिया