उनले एक अन्तर्वार्तामा भनेका थिए,‘मेरा छोराछोरी बाह्य पेय पदार्थ तथा चकलेट खान पनि मसँग सोध्छन्, त्यस्ता कुरा खान अगाडि एकपटक मेरो अनुहार हेर्छन्।’
यतिबेला रोनाल्डोको एउटा भिडिओ सार्वजनिक भएको छ। त्यो भिडिओ हेरेपछि रोनाल्डो स्वास्थ्यप्रति निकै सजग छन् भन्ने अझ पुष्टि हुन्छ।
युरोकपमा नेपाली समयअनुसार ९ बजेर ४५ मिनेटमा आज राति पोर्चुगल र हंगेरीबीच प्रतिस्पर्धा हुँदैछ।
सो खेल अगाडि भएको पत्रकार सम्मेलनमा प्रशिक्षकसँगै पोर्चुगलका कप्तान रोनाल्डो पनि उपस्थित भएका हुन्छन्।
सो क्रममा उनीहरुको अगाडि २–२ वटा कोकाकोलाको बोतल हुन्छ। तर विज्ञापनको लागि राखिएको सो कोकको बोतललाई रोनाल्डोले आफ्नो स्थानबाट पर सारिदिन्छन्।
कोकको बोतल हटाएपछि उनले पानीको बोतल पक्रिन्छन् र कोक नभएर पानी पिउनुपर्छ भन्दै सबै पत्रकारलाई संकेत गर्दछन्।
(भिडिओ)
प्रतिक्रिया