४५ वर्षभन्दा माथिका मानिसलाई खोप लगाउन प्रेरित गर्न कुखुरो उपहारको योजना ल्याइएको सीएनएनले जनाएको छ।
प्रहरी अधिकारी गालि अप्रियाका अनुसार यहाँका मानिसहरु खोप लगाउन आनाकानी गरिरहेका छन्।
सूचना र चेतनाको कमीका कारण उनीहरुले खोप लगाउन नमानेपछि उनीहरुलाई खोप लगाउन आकर्षित गर्न कुखुरो उपहारको योजना ल्याइएको बताइएको छ।
निशुल्क कुखुरा उपहारको योजना अगाडि दैनिक २५ जनाले मात्र खोप लगाउँथे।
यतिबेला भने त्यहाँका दैनिक २ सयभन्दा बढी मानिसले खोप लगाउन थालेका छन्।
प्रतिक्रिया