प्याकर्डले ह्वेलले निले पनि आफू चमत्कारी ढंगबाट ह्वेलबाट बच्न सफल भएको पत्रकारहरूलाई बताएका हुन्।
बीबीसीका अनुसार अमेरिकाको म्यासाचुसेट्सको प्रोभिन्सटाउन शहर नजिकै समुन्द्रमा गोता लगाइरहेका बेला विशाल जीव ह्वेलले उनलाई निलेको थियो।
प्याकर्ड आफू ह्वेलको मुखभित्र करिब ३० देखि ४० सेकेन्ड परेको तर ह्वेलले थुकेपछि आफू बाँच्न सफल भएको बताउँछन्।
हम्पब्याक ह्वेलले उनलाई निलेको बताइएको छ। यो ह्वेल माछा ५० फिटसम्म लामो हुन्छ भने यसको तौल ३६ टनसम्म हुनसक्छ।
प्याकर्डको घुँडामा चोट लाग्नु बाहेक केही भएको छैन।
माछा संकलन गर्ने काम गरिरहँदा ह्वेलले निलेपछि उनकी श्रीमतीले उनलाई अर्को जागिर खोज्न आग्रह गरिरहेकी छन् तर उनी ४० वर्षदेखिको आफ्नो काम छोड्ने सोचमा छैनन्।
प्रतिक्रिया