भारतको मध्यप्रदेशमा १०३ वर्षका वृद्धले आफूभन्दा आधाभन्दा कम उमेरकी महिलासँग विवाह गरेको खबर निकै भाइरल भइरहेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मध्यप्रदेशस्थित भोपालका हबिब नजर उर्फ मन्झले मियाँ नाम गरेका १०३ वर्षका व्यक्तिले एक्लो भएको भन्दै ४९ वर्षीया फिरोज जहाँ नामकी महिलासँग बिहे गरेका हुन्। उनको यो तेस्रो बिहे हो।
उक्त विवाह सन् २०२३ मै भएको भए पनि बिहेको भिडिओचाहिँ सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको हो।
भिडिओमा बेहुलीसँग घर फर्किरहेका हबिबलाई मानिसहरूले बधाई दिइरहेका छन् भने हबिब मुस्कुराउँदै सबैलाई धन्यवाद भनिरहेका छन्।
शादी की कोई उम्र नहीं! 103 साल के बुजुर्ग ने 49 की फिरोज जहां से किया निकाह, देखें Video
पूरी खबर पढ़ें: https://t.co/rgQhoNLQli#Bhopal #ndtvmpcg #viralvideos pic.twitter.com/dDtcsUOlEm— NDTV MP Chhattisgarh (@NDTVMPCG) January 29, 2024
हबिबको पहिलो पत्नीबाट सन्तान नभएपछि दोस्रो बिहे गरेका थिए तर दोस्रो पत्नीबाट पनि सन्तान भएन। दोस्री श्रीमतीको २ वर्षअघि मृत्यु भएपछि उनी एक्लो भएका थिए। फिरोज पनि पति बितेपछि एक्लै थिइन्।
Shares
प्रतिक्रिया