होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक १० गते १५ औं भाइटिका महोत्सव २०७९ आयोजना गर्ने भएको छ।
संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रमा आसा छर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।
अध्यक्ष सुवेदीले आपसी भाइचार अभिवृद्धिबाट पर्यटन पुनरुत्थानमा सहयोग पुग्ने जिकिर पनि गरे।
कोभिडकै कारण अघिल्ला दुई वर्ष यस्तो महोत्सव हुन नसके पनि विगत वर्षदेखि यसलाई पुनः निरन्तरता दिन थालिएको महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए।
महोत्सवका विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहोर्याएरसमेत टीका लगाउन आउने अपेक्षा गरिएको श्रेष्ठले सुनाए।
तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यमबाट पर्यटक आकर्षित गर्ने अभिप्राय लिएको यसप्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको संघले जनाएको छ।
Shares
प्रतिक्रिया