पोखराको सेती खोंचमा एकजना बालक खसेका छन्। शनिबार दिउँसो पोखरा–८ की स्मृती पराजुली खसेको प्रहरीले जानकारी दिएको छ।
महानगरपालिका–१५ सिताराम हाउजिङस्थित खाली चौरमा खेल्न पुगेका उनी खोंचमा खसेकी थिइन्।
खोंचमा खसेका १२ वर्षीय बालकलाई वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक माधव केसीको टोली पुगेर उद्धारमा खटिएको थियो।
गण्डकी प्रहरी गणबाट समेत रेस्क्यु टोली पुगेर बालिकको खोंचबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ती बालिकालाई अहिले गण्डकी अस्पतालमा उपचारका लागि पठाइएको छ।
उनको अवस्थ अचेत रहेको प्रहरीले जनाएको छ।
(यसअघि समाचारमा भूलवस बालक शब्द प्रयोग भएकोमा सच्याइएको छ-सम्पादक)
135
Shares
प्रतिक्रिया