ad ad

गण्डकी


हिँडदै-हेर्दै, फोटो खिच्दै

हिँडदै-हेर्दै, फोटो खिच्दै

नेपालखबर
असार ३०, २०८० शनिबार २१:३८, पोखरा

पोखराका फोटो पत्रकारहरुले शनिबार पोखरा २२ मा रहेको अनदुदेखि पुम्दीकोटमा रहेको शिवमन्दिरसम्मको यात्रा तय गरे। फेवाताल पारिपट्टि अनदुको विश्वशान्ति स्तपू र पुम्दीकोटमा रहेको शिवको विशाल मूर्ति मानव निर्मित हुन्। आजकल त्यहाँसम्म मोटर चढेर नै पुग्न सकिन्छ।

तर, बाटोमा पर्ने बस्ती, वनजंगल र जनजीवन बुझ्न हिँड्नैपर्ने हुन्छ। फोटो पत्रकारले पनि त्यही गरे। हुल बाँधेर यात्रामा निस्केका उनीहरुले बाटोमा भेटिएका दृष्य, जनजीवन, चराहरुलाई क्यामेरामा कैद गरे। 

पोखरा फोटोकारिताको लागि प्रख्यात सहर हो। फोटो हेर्नासाथ यो पोखरा नै हो भनेर खुट्याउन सकिनु पनि यसको अर्को विशेषता हो। सम्भवतः देशकै सबैभन्दा धेरै फोटो खिचिने ठाउँ पनि पोखरा नै हो। निर्जीव फोटोभित्र सजिव कथा लुकेको हुन्छ। तर,सामान्य प्रयत्नले कथा भेटिँदैन। 

कथा खोज्नुपर्छ, हेर्ने आँखा र बुझ्ने मन फरक हुनुपर्छ। समाचार कथाको कुरा अझ फरक हुन्छ! 

यात्राको क्रममा अगुवा फोटो पत्रकार राम गुरुङले सहयात्रीसँग यही भावना व्यक्त गरे। कथाहरू सुन्दर र कुरुप दुबैखाले हुनसक्नेतर्फ सचेत हुनुपर्ने उनले बताए।

‘हिँड्दै गर्दा बाटोमा कयौं कथाहरु थिए, कतिले कैद गर्नुभयो, कतिले गर्नुभएन,’ उनी प्रश्नात्मक बने, ‘पर्यटकीय क्षेत्रमा फोहोर व्यवस्थापनको कुरा, फेवातालमा बाढीको कुरा, प्रकृतिका कुरा धेरै थिए। ती कुरा तपाईँँहरुले कत्तिको ख्याल गर्नुभयो?’ 

अधिकांशले पोखरामा आएर हिमालको दृष्यलाई मात्र महत्व दिने गरेको पनि उनको भनाइ थियो।  

वाइल्ड लाइफ फोटोग्राफी गर्दै आएका फोटोपत्रकार मनशान्त घिमिरेले हिमाल र तालजस्तै चराचुङ्गीको लागिसमेत पोखरा प्रख्यात रहेको सुनाए। 

फोटो पत्रकार संघ कास्कीले ‘फोटो वाल्क’ नाम दिएर यो हिँडाइको तारतम्य मिलाएको हो। पुम्दीकोटको थप प्रचारको लागि  पुम्दीकोटमा रहेको ड्रिमसिटी नामक रेस्टुराँको सहयोगमा हिँडाइ आयोजना गरिएको अध्यक्ष दुर्गाप्रसाद पौडेलले बताए।

कार्यक्रम संयोजक तथा फोटापत्रकार योगेन्द्र श्रेष्ठले उत्कृष्ट फोटोको लागि  पैदलयात्रा अत्यन्तै महत्वपूर्ण रहेको धारणा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .