ad ad

गण्डकी


पहिरोले मालढुङ्गा–बेनी सडक अवरुद्ध

पहिरोले मालढुङ्गा–बेनी सडक अवरुद्ध

नेपालखबर
साउन २८, २०८० आइतबार २१:२६, काठमाडौँ

छिमेकी जिल्ला म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ।

पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा सडक माथिबाट ठूला ढुङ्गा र लेदोसहित खसेको पहिरोले आज दिउँसो ३ बजेदेखि सडक अवरुद्ध बनेको हो। निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।

सडक खुलाउनका लागि जेसीभी र सुरक्षाकर्मी तयारी अवस्थामै रहे पनि वर्षा नरोकिएको र पहिरो खस्ने क्रम निरन्तर चलिरहेकाले तत्काल खुलाउन समस्या भइरहेको छ।

वर्षा रोकिएपछि खुलाउन पहल गरिने प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए।

सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङदेखि छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन मिलनचोक र अन्यत्रबाट ती जिल्लाका लागि आएका सवारी साधन लस्तीबजारमा अलपत्र बनेका छन्।

प्रहरीले उक्त बाटो सञ्चालन नहुने बेलासम्म छिमेकी बागलुङ जिल्लातर्फको सडक प्रयोग गर्न यात्रु तथा सवारी चालकलाई अनुरोध गरेको छ। 

यसैबीच निरन्तरको वर्षाले सबैभन्दा पहिलो नेपालकै अग्लो र लामो पुल नजिकै भासिएको छ।

पर्वतको कुश्मा बजार र कटुवाचौपारी जोड्ने कुश्मा–ज्ञादी झोलुङ्गे पुलको कुश्मातर्फको भागमा भासिएको हो। पुलको फाउण्डेसन नजिकै भासिएपछि पुल जोखिममा परेको छ।

वर्षा नरोकिएकाले तत्काल उक्त क्षेत्रको संरक्षणमा समस्या भइरहेको स्थानीयवासीले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .