ad ad

राजनीति


युरोप भ्रमण छोट्याएर सोमबार नेपाल फर्कंदै माधव नेपाल

युरोप भ्रमण छोट्याएर सोमबार नेपाल फर्कंदै माधव नेपाल

नेपालखबर
साउन २८, २०८० आइतबार २१:३८, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सोमबार स्वदेश फर्कने भएका छन्। स्विजरल्याण्ड, स्पेन, क्रोयसिया र बेलायतमा आयोजित विभिन्न कार्यक्रममा सरिक हुन गत साउन २२ गते युरोपलागेका अध्यक्ष नेपाल सोमबार बिहान १० बजे नेपाल फर्कने कार्यतालिका छ। 

पार्टी उपमहासचिव गंगालाल तुलाधारका अनुसार उनी कतारको दोहा हुँदै स्वदेश फर्कने कार्यतालिका रहेको छ। अध्यक्ष नेपाल आगामी भदौ १ गते नेपाल फर्कने कार्यक्रम रहेको बताइएको थियो। 

तर, उनी भ्रमण छोट्याएर सोमबार नेपाल आउन लागेका हुन्।

उनी युरोपप्रस्थान गरेको भोलिपल्ट सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन पूर्वप्रधानमन्त्री र मन्त्रीहरूको पनि अनुसन्धान गर्न आदेश दिएको थियो।

लगत्तै नेपालको सचिवालयले सर्वोच्चको आदेशबारे अध्यक्ष नेपाल जानकार रहेको बताएको थियो। 

उनले स्वीट्जरल्यान्डमा हुँदा एक भिडिओ कुराकानीमार्फत उक्त प्रकरणमा बदमासी नगरेको दाबी गर्दै असल नियतले ‘मास्टर प्लान’ अघि बढाएको बताएका थिए। 

२०६६ साल चैत २९ गते, २०६७ साल वैशाख ३१ गते र २०६७ साल साउन २८ गते तीन पटकसम्म नेपाल नेतृत्वको मन्त्रिपरिषद्को निर्णयबाट ललिता निवासको ११३ रोपनी जग्गामा नक्कली मोही खडा गरी जग्गा सट्टा भर्ना दिइएको थियो। 

प्रधानमन्त्री निवास विस्तार गर्ने भन्दै नक्कली मोही खडा गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .