ad ad

गण्डकी


मित्रमिलन सहकारी ठगी : लेखा समिति संयोजक सूर्यबहादुर पक्राउ

मित्रमिलन सहकारी ठगी : लेखा समिति संयोजक सूर्यबहादुर पक्राउ

नेपालखबर
पुस २६, २०८० बिहिबार १९:२५, पोखरा

बचतकर्ताको रकम हिनामिनाको अभियोग लागेका मित्रमिलन सहकारी लिमिटेडका लेखा समिति संयोजक सूर्यबहादुर अधिकारी पक्राउ परेका छन्। कास्की प्रहरीले उनलाई बुधबार पोखरा १३ मा रहेको उनकै घरबाट पक्राउ गरेको जानकारी दिएको छ।  

पोखरा, नयाँबजारमा सञ्चालनमा रहेको श्री मित्र मिलन बचत तथा ऋण सहाकारी संस्था सञ्चालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ।

७१४ जना बचतकर्ताले ३१ करोड ७८ लाख रुपैयाँ माग दाबीसहित ३३ जना सञ्चालकविरुद्ध किटानी जाहेरी दिए पनि हालसम्म ७ जनामात्र पक्राउ परेका र बाँकी फरार रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये स्याङजा वालिङ नगरपालिका– ११ धनपुरे स्थायी घर भइ पर्वतको कुश्मा नगरपालिका–५ बस्ने कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं पूर्वरजिष्ट्रार ५२ वर्षीय उदयबहादुर पराजुली, स्याङ्जा आँधीखोला गाउँपालिका–४ घर भई पोखरा–७ रत्नचोक बस्ने सहकारीका अध्यक्ष ३२ वर्षीय रमन पौडेल, नुवाकोट तारकेश्वर गाउँपालिका– १ स्थायी घर भइ हाल पोखरा– ८ रामघाट बस्ने सहकारीका सञ्चालक समिति सदस्य ३५ वर्षीय गोपाल खनाल, पोखरा– १७ विरौटा बस्ने सहकारीका शेयर सदस्य ४२ वर्षीय बुद्धिसागर पौडेल, पोखरा– ६ खहरे बस्ने सहकारीका सल्लाहकार ३९ वर्षीय राजु बराल र पोखरा– २३ खोरपाखा स्थायी घर भइ पोखरा– ११ फुलवारी बस्ने सहकारीका कार्यकारी अधिकृत २८ वर्षीय किरण अधिकारी पुर्पक्षको लागि जेल चलान भइसकेका छन्।

यता, बिहीबार सहकारी पीडितले कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई ज्ञापनपत्र बुझाउँदै बचत रकम फिर्ता र दोषीमाथि कारबाहीको माग गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .