ad ad

कला


आयराले गरिन् क्रिस्चियन विधिअनुसार बिहे, रोए आमिर खान (भिडिओ)

आयराले गरिन् क्रिस्चियन विधिअनुसार बिहे, रोए आमिर खान (भिडिओ)

नेपालखबर
पुस २६, २०८० बिहिबार १९:४४, काठमाडौँ

बलिउड अभिनेता आमिर खानकी छोरी आयराले उदयपुरको ताज अरावली रिसोर्टमा फिटनेस विशेषज्ञ नुपुर शिखरेसँग बुधबार विवाह गरेकी छन्।

यो बिहे मराठी रीतीरिवाजअनुसार हुने विश्वास गरिएको थियो तर यो जोडीले क्रिश्चियन रीतिरिवाजमा बिहे गरे। 

भारतीय पत्रिका दैनिक भास्करका अनुसार होटलको मयुरबागमा बुधबार अपराह्न ४ बजे सुरु भएको विवाह समारोहका लागि आमिर र उनकी पूर्वपत्नी रीना दत्तले छोरी आयरालाई स्टेजमा ल्याएका थिए।

त्यसपछि आयरा र नुपुर शिखरेले एकअर्काको हात समातेर सँगै बस्ने वाचा गरे। दुवैले एकअर्कालाई औंठी लगाएर चुम्बन गरे।

यस क्रममा बेहुलीका बुवा आमिर खानले स्टेजअगाडि बसेर आँसु झारे। 

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .