ad ad

गण्डकी


दुई विधेयक पारित गरेर गण्डकीको हिउँदे अधिवेशन अन्त्य

दुई विधेयक पारित गरेर गण्डकीको हिउँदे अधिवेशन अन्त्य

नेपालखबर
फागुन २४, २०८० बिहिबार १९:२४, पोखरा

गण्डकी प्रदेशको हिउँदे अधिवेशनको अन्त्य भएको छ।

अल्पमतमा परेको गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सदन अन्त्यको निर्णय गरेका हुन्।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मंगलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीका दुईजना मन्त्री बर्खास्त गरेका थिए भने बुधबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

संविधानको धारा १६८ को उपधारा २ अनुसार गठित सरकारलाई विश्वासको मत दिएको दलले समर्थन फिर्ता लिएको एक महिनाभित्र पुनः विश्वास प्रमाणित गर्नुपर्ने व्यवस्था छ।

गण्डकीको हिउँदे अधिवेशन फागुन १६ गते सुरु भएको थियो। त्यसपछि फागुन २० र २१ गते संसद चलेको थियो।

सदनले आमसञ्चार विधेयक र बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .