ad ad

गण्डकी


पोखराका किसानले पाए कृषि उत्पादनको समर्थन मूल्य

पोखराका किसानले पाए कृषि उत्पादनको समर्थन मूल्य

नेपालखबर
फागुन २४, २०८० बिहिबार २१:३, काठमाडौँ

पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी ब्यहोरेका १६ वटा कृषि फार्महरूलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ।

महानगरले ६० हजार ४४१ किलोाम च्याउ, २५ हजार ४१७ केजी गोलभेँडा, ९ हजार ५२० केजी सिमी र २९१ केजी कोदो गरी ९५ हजार ६६९ केजी कृषि उपजको २६ लाख ७९ हजार ७६१ समर्थन मूल्य प्रदान गरेको आर्थिक महाशाखा प्रमुख मनोहर कडरियाले बताए। पोखरा महानगरपालिका भित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका कृषकहरूलाई प्रोत्साहनका लागि समर्थन मूल्य प्रदान गरिएको उनको भनाइ छ।

महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजहरूको समर्थन मूल्य तोकेको छ। महानगरका अनुसार चिसापानी च्याउ फार्म पोखरा २२ का सन्दीपबहादुर क्षेत्रीले समर्थन मूल्य बापत ११ हजार १६६ केजी च्याउको ४ लाख ८५ हजार ९४० प्राप्त गरेका छन्।

भुर्जङ्खोला च्याउ फार्म पोखरा १९ का सुष्मा सुनार गहतराजले ७ हजार ५६० केजी च्याउको ३ लाख ६२ हजार ९२०, शोभा अर्गानीक मल्टी एग्रो फार्म पोखरा २६ का मुकुन्द खड्काले ९ हजार ७१४ केजी च्याउको ३ लाख १७ हजार ४४, ग्रिनलाई मसरुम फार्म पोखरा २४ का चोविन्द्रबहादुर कुँवरले ३ लाख १ हजार ७४० पाएका छन्।

सुवेदी च्याउ तथा तरकारी फार्म पोखरा ३३ का प्रताप सुवेदीले ९ हजार ११३ केजी च्याउको ३ लाख ८२२, काँहु सिस्नेरी एग्रो फार्म पोखरा ११ का धुव्रबहादुर थापाले ५ हजार २२५ केजी च्याउको १ लाख ७४ हजार २२६, भोर्लेटार च्याउ उद्योग पोखरा ३२ का मनोरञ्जन पौडेलले ६ हजार २०३ केजी च्याउको १ लाख ६८ हजार ७०६, अधिकारी अर्गानीक च्याउ फार्म पोखरा १४ का मिना अधिकारीले २ हजार ७२४ केजी च्याउको ८३ हजार ४४४ र वि।मु अधिकारी च्याउ फार्म पोखरा १४ का हरिमाया अधिकारीले १ हजार २५६ केजी च्याउको ४९ हजार ६०० समर्थन मूल्य बापत पाएकी छन्।

यस्तै एस के कँडेल कृषि फार्म पोखरा २८ का सन्तोष कँडेलले ३ हजार ९५० केजी सिमीको ६९ हजार ९५०, पोखरा कुखुरा तथा कृषि फार्मका रिलेस बस्यालले ३ हजार ६७० केजी सिमीको ६२ हजार ८९०, राति पोखरी कृषि फार्म पोखरा २२ का अग्निमाया बरालले ८२५ केजी सिमी र १ हजार ७५४ केजी गोलभेँडाको ३५ हजार ४२१, निलम कृषि फार्म पोखरा १४ का यामबहादुर घर्तीले २ हजार ६७ केजी गोलभेँडाको २३ हजार ४७५, रोशन एन्ड रोहित कृषि फार्म पोखरा १४ का रमेश खनालले २१ हजार ३१४ केजी गोलभेँडाको २ लाख १९ हजार ३२९, पोखरा हिमाल कृषि फार्म पोखरा १४ का बुद्ध गुरुङले १ हजार ७५ केजी सिमी र २८२ केजी गोलभेँडाको १५ हजार ५२४ र हरियाली कृषि फार्म पोखरा ३३ का शुकदेव सुवेदीले २९१ केजी कोदोको ८ हजार ७३० बुझेका छन्।

कृषकहरूलाई समर्थन मूल्य प्रदान गर्दै प्रमुख आचार्यले पोखरा महानगरपालिका कृषकहरूको साथमा रहेको बताए। समर्थन मूल्य प्राप्त गरेपछि कृषकहरूले कृषि व्यवसायका क्रममा आफूले ब्यहोर्नुपरेको नोक्सानीमा महानगरले मल्हम लगाएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .