ad ad

गण्डकी


तनहुँमा बालिका बलात्कार गर्नेलाई १९ वर्ष जेल सजाय

तनहुँमा बालिका बलात्कार गर्नेलाई १९ वर्ष जेल सजाय

नेपालखबर
चैत २१, २०८० बुधबार १३:४६, दमौली (तनहुँ)

तनहुँ जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गरेको कसुरमा एक युवकलाई १९ वर्ष कैद फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश आत्मदेव जोशीको मङ्गलबारको इजलासले सजाय निर्धारणमा अन्तिम आदेश सुनाउँदै म्याग्दे गाउँपालिका–५ का सन्दीप विकलाई १९ वर्ष कैद फैसलाको निर्णय गरेको हो। 

साथै उनीबाट पीडितलाई रु एक लाख क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए। उक्त मुद्दामा तनहुँ जिल्ला अदालतमा आठ पटक पेसी तोकिएको थियो। परिवर्तित नाम २०७९ (१) लाई जबर्जस्ती करणी गरेको भनी विसं २०७९ साउन २६ गते मुद्दा दर्ता भएको थियो।

उनीविरुद्ध बालिकाका आफन्तले २०७९ साउन १ गते इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएका थिए। सन्दीपले २०७९ असार २९ गते पोखराकी उक्त बालिकालाई मोटरसाइकलमा तनहुँको भिमाद बजारमा ल्याई एक गेस्ट हाउसमा राखी बलात्कार गरेको पीडित परिवारले उजुरीमा उल्लेख गरेका थिए।

प्रहरीले विकलाई साउन १ गते पक्राउ गरेको थियो। प्रहरीले उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमाफत साउन २६ गते बलात्कारसम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गरेकामा अदालतको आदेशमा साउन २७ गतेदेखि उनी पुर्पक्षका लागि थुनामा थिए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .