गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
आइतबार मुख्यमन्त्री नियुक्त अधिकारीले गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
मुख्यमन्त्री अधिकारीसँगै एकीकृत समाजवादी परितयाग गरेका दीपक मनाङे र माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले पनि मन्त्री पदको शपथ लिए।
उनीहरूलाई मुख्यमन्त्रीले शपथ खुवाएका हुन्।
213
Shares
प्रतिक्रिया