नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ टोलीले तीन खेलको एक दिवसीय सिरिज ‘क्लिन स्विप’ गरेको छ।
आइतबार भएको सिरिजको अन्तिम खेलमा नेपाल ए टोलीलाई ६९ रनले हराउँदै आयरल्याण्डले सिरिज क्लिन स्विप गरेको हो।
आयरल्यान्ड ‘ए’ले दिएको २ सय ८५ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ए टोली ३९.४ ओभरमा २ सय १५ रन बनाउँदा अलआउट भयो।
नेपाली टोलीले ४० औँ ओभरमा लगातार दुई विकेट गुमाएको थियो। नेपालका लागि ओपनर अर्जुन कुमालले शतक प्रहार गरेपनि टोलीको हार टार्न सकेनन्। अजुर्नले १ सय १८ बलमा १४ चौका हान्दै १ सय २ रन बनाउँदा आउट भए।
अर्का ओपनर अर्जुन साउद ३६ रनमा बोल्ड आउट भए। रुपेश सिह र नरेन भट्टले समान १५ रन बनाए। देव खनालले ११ रन बनाउँदै पेभेलियन फर्के।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८४ रनको योगफल तयार पारेको थियो।
आयरल्याण्डका लागि ओपनर स्टेफनले शतक पूरा गरे। उनले १ सय २६ बलमा ८ चौका र १ छक्का मद्धतमा शतक पूरा गरे।
स्टेफन ४७ ओभरको दोस्रो बलमा रिजन ढकालको बलमा विकेट किपर अर्जुन सावदको हातबाट क्याच आउट भए।
पिटर मुरले ४४ रन थपे। मोरङ टोपिङले २१ र फियोन ह्यान्डले २० रन बनाए। गाभिन होइ १४ रनमा पेभेलियन फर्के। म्याथु २३ रनमा रनआउट भए। वेन ह्वाइट १९ रनमा नटआउट रहे।
नेपाल ‘ए’का लागि रिजन ढकाल र रञ्जित कुमारले समान ३ विकेट लिए। विकास अग्री र साहब आलमले एक एक विकेट आफ्नो नाममा गरे।
Shares
प्रतिक्रिया