ad ad

गण्डकी


गण्डकी मन्त्रिपरिषद् आज विस्तार गरिँदै, ‘फ्लोर क्रस’ गरेका फणीन्द्र र मनाङे मन्त्री बन्दै

गण्डकी मन्त्रिपरिषद् आज विस्तार गरिँदै, ‘फ्लोर क्रस’ गरेका फणीन्द्र र मनाङे मन्त्री बन्दै

नेपालखबर
जेठ २९, २०८१ मंगलबार १०:२, पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज (मंगलबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। 

यस क्रममा उनले फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिएका सांसद फणीन्द्र देवकोटालाई मन्त्री बनाउँदै छन्। उनीसँगै स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ पनि आज मन्त्री बन्दै छन्। 

देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङेलाई भौतिक पूर्वाधार मन्त्रीमा अहिले बिहान ११ बजे शपथ खुवाउने तयारी भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। 

माओवादी केन्द्रको चुनाव चिह्न हँसिया-हतौडाबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले ह्विप जारी भए पनि फ्लोर क्रस गर्दै मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए। सोहीबापत उनले मन्त्री पद उपहार पाउने भएका हुन्।

माओवादी चुनाव चिह्नबाट चुनाव लडे पनि देवकोटाले आफू अर्कै पार्टीको सांसद भएको जिकिर गरिरहेका छन् भने फ्लोर क्रस गरेको भनेर माओवादी केन्द्रले कारबाही गर्ने चेतावनी दिइरहेको छ। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .